January 24, 2025
- ADVERTISEMENT -

देशभर थप ७ हजार ४ सय ४८ मा कोरोना संक्रमण

May 3, 2021

काठमाडौँ / देशभर थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५८ वटा आरटी पीसीआर परीक्षण गर्दा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनाको एन्टीजिन परीक्षण गर्दा ६० जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिए ।
आज थप २ हजार २१ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जानकारी दिए ।
मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल ५४ हजार ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार ३ सय ६२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -