February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमणले बढ्यो सेनिटाईजरको माग

May 6, 2021

–सुरक्षा न्यौपाने
चितवन । नयाँ भेरीयन्टसहित फैलिएको कोरोना संक्रमणको दोश्रो लहरसँगै सेनिटाइजरको माग बढेको छ । सेनिटाइजरको प्रयोग बढ्दै गएसँगै यसको फाइदा सँगै बेफाइदा पनि रहेका छन् तर यसप्रति कतिपय जानकार देखिँदैनन् । कोभिड मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्नको समेत मानिसहरुले यसको प्रयोग पहिलेबाट नै गर्दै आएका छन् ।
छालारोग विशेषज्ञ डा. अचुत पोख्रेलले सेनिटाइजर प्रयोग गर्नु राम्रो बानी भएको बताए । सेनिटाइजर कस्तो बेला प्रयोग गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे निकै ध्यान पु¥याउनुपर्ने उनको भनाइ छ ।
उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अवथामा हानी गर्ने बताए । छाला पहिलेदेखि नै सुक्खा हुने हुँदा यसको बढि प्रयोगले छाला सुक्खा बनाउने, छाला चिलाउने चर्कने र फुट्ने समस्या देखा पर्ने उनले भने ।
उनका अनुसार यसमा विभिन्न किसिमको रसायन मिसाएको हुदाँ त्यसलाई अनुहार शरीरको अन्य भागमा लगाउँदा एलजी हुनेछ ।
‘श्वासप्रश्वासमा पनि सिधैँ असर गर्दछ,’ उनले भने ‘आँखामा पर्यो भने चिलाउने, पोल्ने र रातो हुने समस्या हुन्छ भने सँगसँगै अन्य गम्भीर समस्या देखा पर्छ ।’
डा. पोख्रेलले सेनिटाइजर प्रयोगभन्दा साबुन पानीले हात धुनु नै उत्तम हुने बताए । मानव शरिरमा फाइदाजनक र हानिकारक दुबै प्रकारका ब्याक्टेरिया हुने गर्दछ । स्यानिटाइजरको अधिकतम प्रयोगले हानिकारक ब्याक्टेरियाका साथसाथै शरीरलाई फाइदा पु¥याउने राम्रो ब्याक्टेरियालाई पनि मार्छ । शरीरमा राम्रो ब्याक्टेरीया हुनु अति आवश्यक रहने जिकिर गरे ।
सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको बताउँदै यसको प्रयोगले २० सेकेन्डपछि मात्र कीटाणु मर्ने उनको भनाइ थियो भने हात फोहोर भएको बेला सेनिटाइजरभन्दा साबुनपानीको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

- ADVERTISEMENT -