२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरका तामाङ समुदाय पहिचानका लागि गुम्बा निर्माणमा जुट्दै

प्रकाशित मिति : २०७८ बैशाख २५ गते
Photo : Newsprabah

–बबिलाल तामाङ
चितवन / ‘गुम्बा’ भन्नेबित्तिकै तामाङ समुदायको चिनारी झल्किन्छ । ‘गुम्बा’ तामाङ समुदायको अस्तित्व र पहिचान झल्किने धरोहर पनि हो । तामाङ समुदाय जहाँ आफ्नो रीतिरिवाज तथा परम्पराअनुसार जन्मदेखि मृत्युसम्म सबै किसिमका काजकर्महरु गर्ने थलो हो । त्यतिमात्र नभएर उनीहरु सबैभन्दा ठूलो चाड ल्होसार, हरेक पूजापाठ, घेवालगायत सबै किसिमका कार्य नै गुम्बामा गर्दछन् ।
तामाङ समुदायले परापूर्वकालदेखि नै राज्यबाट अवहेलना तथा थिचोमिचो खेप्दै आएको पनि सर्वविदितै छ । देश राणाकालीन, पञ्चायतकालीन, शाहकालीन अवस्थाबाट गुज्रदैँ गर्दा तामाङ समुदाय धेरै पीडित भएको इतिहास पाइन्छ । जब देशमा लोकतन्त्र, गणतन्त्र आएपछि मात्र तामाङ समुदायहरुले आफ्नो हकअधिकारको बारेमा बोल्न पाउने भएका हुन् ।
देशका विभिन्न कालखण्डहरुमा तामाङ समुदायहरु गुम्बा निर्माणबाट वञ्चित भएको इतिहास छ । तामाङ समुदायहरु देश अहिले धर्मनिरपेक्ष भएपछि आफूभन्दा पनि आउने पिंढीलाई आफ्नो धर्म, संस्कार, जाति, पहिचानका लागि गुम्बा निर्माणमा अघि बढेको पाइएको छ ।


भरतपुर–१२, नौरंगे, दीपेन्द्रटोलमा हि से क्षोलिङ गुम्बा निर्माणाधीन अवस्था छ । सोही टोलका ९२ तामाङ घरधुरीद्वारा निर्मित हि से क्षोलिङ गुम्बाले अझै पूर्णता पाएको छैन । खर्च अभावमा अहिले गुम्बा निर्माण कार्य स्थगन जस्तै छ ।
गुम्बाका संरक्षक लालबहादुर तामाङका अनुसार प्रारम्भमा ९२ घरधुरीले प्रतिघरधुरी २०० रुपैयाँको दरले रकम संकलन गरेको हो । गुम्बा निर्माणकै लागि हरेक चाडपर्व, ल्होसार, औंशीलगायत विविध किसिमका सहयोग संलकन गर्दै आइरहेको संरक्षक तामाङले बताए ।
गुम्बा निर्माणमा हालसम्म १३ लाख रुपैयाँ खर्च भइसकेको र अझै पनि थुपै्र रकम लाग्ने उनी बताउँछन् । साढे ६ कठ्ठा क्षेत्रफलमा निर्माणाधिन सो स्थानमा हाल गुम्बा र टहरोमात्र छ । भरतपुर वडा नं १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले सो गुम्बाका लागि १२ लाख रुपैयाँ सहयोग गरेको उनी बताउँछन् । त्यस्तै उक्त गुम्बाका लागि प्रत्येक घरधुरीबाट क्षमताअनुसार ७ देखि ८ हजार रुपैयाँ संकलन पनि गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement


गुम्बाका लागि सोही स्थानका तामाङ आमा समूहका वृद्धाहरुले वृद्धभत्ताबाट ढ्याङ्ग्रो, घ्यालिङ, शंख, बुज ज्याल, डमरु, घण्टा बत्ती खरिद गरी सहयोग गरेको उनी बताउँछन् ।
ङहेमा डोल्मो तामाङको अगुवामै सो गुम्बाका लागि सहयोग हुँदै आएको र महिला आमा समूह नै सक्रिय रहेको उनको बुझाइ छ । ‘हाम्रो उद्देश्य बुद्ध धर्मको प्रचारप्रसार, धर्मसंस्कृति र रीतिरिवाजको जर्गेना गर्ने हो’, उनले भने, ‘महानगरकै पहिचान भएकाले स्थानीय सरकार, संघसंस्थाहरुलाई पनि सहयोगको लागि अपिल गर्दछु ।’
उनले निकट भविष्यमा छोरतेन (चैत्य) निर्माण गर्ने मुख्य योजना रहेको बताए । सोका लागि करिब २० लाख रुपैयाँ खर्च हुने भएकाले सम्पूर्णमा सहयोगको लागि उनले अपिल गरेका छन् । रामवेल सामुदायिक वनले छुट्याएर दिएको उक्त गुम्बा महानगरकै पहिचानको रुपमा स्थापित हुने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09