२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पत्रकार महासंघ चितवनलाई स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति : २०७८ बैशाख २६ गते

चितवन / नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेशनल ३२५ बीटुद्वारा माक्स, सेनिटाईजर र फेससिल सहयोग गरिएको हो । तीन वटै संघसंस्थाले एक÷एक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् ।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं उद्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले आज संघको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जीवि सुवेदी, सदस्यहरु सिरिष पन्त, विकास थापा र महासंघको तर्फबाट सल्लाहकार तिलक रिमाल र उपाध्यक्ष प्रकाशमणि ज्ञवाली सहभागी रहेका थिए ।
यस्तै उद्योग संघका अध्यक्ष राजु पौडेलद्वारा महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा महासंघका अध्यक्ष अधिकारीलाई संघका प्रेस सल्लाहकारमा नियुक्त गरिएको छ भने महासंघलाई बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो ।
त्यस्तै लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ का गभर्नर इलेक्ट रामप्रसाद भट्टद्वारा महासंघको टोलीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सो अवसरमा डिष्ट्रिक कोअर्डिनेटर, दिननाथ न्यौपाने, लायन्सका कोभिड प्रोटेक्सन टिमका संयोजक सिद्धार्थलाल चुके, क्याबिनेट ट्रेजरर नारायणप्रसाद शर्मा, लायन्स लिडरहरु कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, सुरेश श्रेष्ठ, शिव पण्डित, बालगोपाल चुके र प्रशान्तकुमार पियाको उपस्थिति रहेको थियो ।
महासंघले प्राप्त सामग्री आजैबाट सदस्यहरुलाई वितरण सुरु गरेको छ । यी सामग्री एक लाख ५० हजार रुपैयाँ बराबरका रहेका छन् । उक्त स्वास्थ्य सामग्री कोरोना माहामारीको समयमा अग्रभागमा रहेर सूचना प्रवाह गर्ने पत्रकारहरुलाई सहयोग गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13