हेटौंडा / एक क्विन्टल गांँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउंँपालिका वडा नम्बर ५ बस्ने चालक आइतेबहादुर ठाडामगर, भिमफेदी गा.पा. वडा नं. ९ बस्ने ऐक्ला भन्ने राजकुमार तामाङ, कैलाश गा.पा. वडा नं. १० बस्ने सविन भन्ने सुबिन रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
प्रवक्ता रिमालका अनुसार आज (सोमबार) बिहान पौने ६ बजे हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १ स्थित त्रिभुवन राजपथस्थित सडक खण्डमा उनीहरुलाई पक्राउ गरिएको हो । नामटारबाट हेटौडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नं. को ट्रकको चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको प्रहरीले बताएको छ ।
उनीहरुले ट्रकको क्याविन हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको प्रहरीको भनाइ छ । प्रहरीले १७ वटा पोकामा १ क्विन्टल गांँजा फेला पारेको हो । चालकसहित पक्राउ परेका उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता रिमालले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भारी मात्रामा गाँजा बरामद, तीन जना पक्राउ
May 18, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
