February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको आकस्मिक बैठक बस्दै, राष्ट्रपतिको विज्ञप्तीबारे छलफल

May 21, 2021

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक डाकेको छ ।
सभापति शेरबहादुर देउवाको निवासमा आज शुक्रबार बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६, ५ बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको भन्दै कांग्रेसले चर्को विरोध गरेको छ ।
त्यही विषयमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको पौडेलले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६.५ अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

- ADVERTISEMENT -