चितवन / माडीका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल नगर कमिटी माडीद्वारा बुधबार उनीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
भरतपुर–४ स्थायी घर भई हाल जापानमा व्यवसाय संचालन गर्दै आएका डम्बर थापाको सहयोगमा उक्त खाद्यान्न सहयोग प्राप्त भएको हो । खाद्यान्न माडी नगरपालिका वडा नं ८ शिवद्वारका सुकुम्बासी चेपाङ परिवार र माडी ७ का विपन्न एकल महिला, एकल पुरुष र घाइते ३ जनालाई खाद्यान्न उपलब्ध गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल नगर कमिटीका ईञ्चार्ज सूर्यकान्त खनालले कोभिडका कारण समस्यामा परेका विपन्न परिवारलाई सहयोग गर्ने युवासंघको योजनाअनुसार अभियान सञ्चालन गरिएको जनाउँदै सहयोग उपलब्ध गराउने सहयोगीप्रति धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा चेपाड अगुवा सुकबहादुर चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गर्ने सहयोगी डम्बर थापा र समन्वय गरी सुकुम्बासी चेपाङ बस्तीमा ल्याई सहयोग गर्ने राष्ट्रिय युवा संघ माडीप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग र सल्लाहको अपेक्षा गरेका थिए ।
खाद्यान्न वितरण कार्यक्रममा समाजसेवी एवम् नेकपाका युवा नेता श्रीप्रसाद दवाडी, राष्ट्रिय युवा संघ माडीका अध्यक्ष मुन्ना मिया, राष्ट्रिय युवा संघ भरतपुरका सहसंयोजक राम कार्की, सञ्जय ढकाल, सूर्य तिमिल्सिना लगायतको सहभागिता रहेको थियो । वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गरेका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माडीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












