चितवन / राईट एण्ड एसोसियटले माडीको बघौडा अस्पताललाई प्यासेन्ट डिजिटल मनिटर हस्तान्तरण गरेको छ । एसोसियटले बिरामीको उपचारको लागि ३ लाख बराबरको २ थान मनिटर अस्पताललाई हस्तान्त्रण गरेको हो ।
राईट एन्ड एसोसियट चितवनका डाईरेक्टर देबेन्द्र राज रेग्मिले माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाललाई मनिटर हस्तान्त्रण गरेका हुन् । अस्पतालमा मनिटरको अभावले बिरामिलाई भरतपुर अस्पताल पठाउनुपर्ने बाध्यता रहेको थियो ।
कार्यक्रममा बघौडा अस्पतालका इन्चार्ज डा. आलोक कुमार, माडी नगरपालिका १ का वडाध्यक्ष कृष्ण पौडेल, माडी कोरोना महामारी नियन्त्रण समितीका संयोजक शिव सुवेदी, ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दिप लगाएतको उपस्थीती रहेको थियो ।
साथै हेल्प टेक नेपालका प्रोपाइटर सन्दीप राज गिरीले टेक्निकल सहयोग गरेका थिए ।
बघौडा अस्पताललाई प्यासेन्ट डिजिटल मनिटर हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
