२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026
२०८३ जेष्ठ २७, बुधबार
June 10, 2026 Wednesday
- ADVERTISEMENT -

भरतपुर–१६ मा कोरोना प्रभाव न्यून, एकजना भेटिए संक्रमित

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते

चितवन / विश्वव्यापी रुपमा फैलिरहेको भेरियन्टसहितको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि केन्द्र, प्रदेश तथा स्थानीय स्तरमा तिब्रता दिइएको छ । पछिल्लो एक साता यता अन्यत्र ठाउँको तुलनामा भरतपुर वडा नं. १६ मा कोरोना भाइरसको प्रभाव निकै न्यून देखिएको छ ।
भरतपुर वडा नं. १६ मा हिजो बुधबार तेस्रो चरणको एन्टिजेन परीक्षण गरिएको छ । जस अन्तर्गत २८ जनाको एन्टिजेन परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
उनका अनुसार वडामा एन्टिजेन परीक्षणका लागि ५० वटा किट ल्याइएको थियो । अघिल्लो साता सतप्रतिशत (नेगेटिभ) नतिजा आएको थियो यसपटक एकजनामा कोरोना भाइरस संक्रमण देखिएको उनले भने । कोरोना महामारी अझै टरि सकेको अवस्था नभएकाले सबै वडावासी सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले अपिल गरेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन अझै केही समय निषेधाज्ञा जरुरी भएकाले सबैले पालना गर्न उनले आग्रह गरे । कोरोना रोकथामको विकल्प निषेधाज्ञा नै यसको उपचार भएको उनले बताए ।
यसअघि दोश्रो चरणमा १३ जनाको एन्टिजेन परीक्षणमा १३ जनाकै नतिजा नेगेटिभ आएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04