चितवन / विश्वव्यापी रुपमा फैलिरहेको भेरियन्टसहितको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि केन्द्र, प्रदेश तथा स्थानीय स्तरमा तिब्रता दिइएको छ । पछिल्लो एक साता यता अन्यत्र ठाउँको तुलनामा भरतपुर वडा नं. १६ मा कोरोना भाइरसको प्रभाव निकै न्यून देखिएको छ ।
भरतपुर वडा नं. १६ मा हिजो बुधबार तेस्रो चरणको एन्टिजेन परीक्षण गरिएको छ । जस अन्तर्गत २८ जनाको एन्टिजेन परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको वडाअध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
उनका अनुसार वडामा एन्टिजेन परीक्षणका लागि ५० वटा किट ल्याइएको थियो । अघिल्लो साता सतप्रतिशत (नेगेटिभ) नतिजा आएको थियो यसपटक एकजनामा कोरोना भाइरस संक्रमण देखिएको उनले भने । कोरोना महामारी अझै टरि सकेको अवस्था नभएकाले सबै वडावासी सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले अपिल गरेका छन् ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन अझै केही समय निषेधाज्ञा जरुरी भएकाले सबैले पालना गर्न उनले आग्रह गरे । कोरोना रोकथामको विकल्प निषेधाज्ञा नै यसको उपचार भएको उनले बताए ।
यसअघि दोश्रो चरणमा १३ जनाको एन्टिजेन परीक्षणमा १३ जनाकै नतिजा नेगेटिभ आएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको उनले बताए ।
- ADVERTISEMENT -
भरतपुर–१६ मा कोरोना प्रभाव न्यून, एकजना भेटिए संक्रमित
June 3, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -