२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कम उमेरमै बच्चा पाउने समस्या रोक्न राप्ती नगरपालिकाको अभियान

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते

चितवन / जिल्लाको विकट पहाडी गाउँमा रहेका चेपाङ समुदायमा कम उमेरमै बच्चा पाउने समस्या रोक्न राप्ती नगरपालिकाले अभियान चलाएको छ । नगरपालिकाले बालविवाह रोक्न प्रोत्साहनका कार्यक्रम ल्याउँन लागेको हो । सो नगरपालिकाको वडा नं। १०, ११, १२ र १३ मा चेपाङ जातीको बाहुल्यता रहेको छ । नगरपालिकामा ६४ हजार ८२० जनसंख्या रहेकोमा १० हजारभन्दा बढी चेपाङ छन् । नगरपालिका प्रमुख प्रभा बरालले भन्नुभयो “ग्रामीण क्षेत्रमा सीमान्तकृत जातीमा बालविवाह रोक्न सकिएन । न्यूनिकरण भने भएको छ ।” चेपाङ जातीमा ११ वर्षदेखि नै विवाह हुने गरेको उहाँको भनाई छ ।
१५ वर्षको किशोरीले आफ्ना दुई सन्तान लिएर हिडेको पनि देख्न सकिन्छ । उहाँले थप्नुभयो “हाम्रोमा बच्चाले बच्चा पाउँछन् ।” आफू महिला भएकाले प्रमुख भएदेखि नै यस समस्यालाई कसरी हल गर्न सकिन्छ भनेर सचेतनाका कार्यक्रम गर्दै आएको उहाँ बताउनुहुन्छ । आउँदो वर्षको बजेटमा कार्यक्रम राखेर २० वर्ष पुगेर विवाह गर्नेहरुलाई प्रोत्साहनका कार्यक्रम गर्ने तयारी गरेको उहाँको भनाई छ । चेपाङ जातिका युवतीले २० वर्ष कटेर विवाह गरेर आए भने दोसल्ला ओढाएर सम्मानसँगै आर्थिक सहयोग गरिने बरालको योजना छ ।
उमेर नपुगि विवाह गरेकाहरुको विवाह दर्ता नगर्ने र आवश्यक सहयोग पनि नगरपालिकाले नगर्ने बराल बताउनुहुन्छ । नगरपालिकाले ती ग्रामीण क्षेत्रमा चेपाङका लागि दुई वटा छात्रावास सञ्चालन गरेको छ । ती छात्रावासमा अध्ययन गर्ने छात्राहरु परीक्षाको समयमा विवाहको लागि भागेर जाने गरेको उहाँले गुनासो गर्नुभयो । बरालले भन्नुभयो “राम्रो शिक्षा दिक्षा दिने हाम्रो योजना खेर जाँदा निकै दुःख पनि लाग्छ ।” नगर उपप्रमुख ईमासिंह लामा चेपाङका बालबालिकाहरुको विद्यालय भर्ना दर शतप्रतिशत बनाईएको भए पनि विद्यालय छोड्ने दर भने घटाउन कठिन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामीले छात्रावास, विद्यालय खाजा जस्ता आकर्षक कार्यक्रम ल्याएका छौं, तर पनि विद्यालय छोड्ने समस्या रोकिएको छैन ।” चेपाङ सामुदायको शिक्षाको स्तर माथि उठाउन नगरपालिका लागिपरेको उहाँको भनाई छ । भरतपुर अस्पतालका स्त्रीरोग विशेष डा. रामप्रसाद सापकोटा उमेर नपुग्दै विवाह गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य समस्या आउने बताउनुहुन्छ । उहाँका अनुसार किशोरी आमा बन्दा पहिलो कुरा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक र मानसिक विकासमा अवरोध आउने उहाँको भनाई छ ।
सानो उमेरमा गर्भवती भएमा अन्य महिलाहरुमा भन्दा मानसिक समस्या, समय नपुगी बच्चा जन्मिने समस्या, कम तौल भएको बच्चा जन्मिने, उच्च रक्तचाप हुने र वेहोस् हुने समस्या समेत हुने उहाँले जानकारी दिनुभयो । प्रसुतीको समयमा धेरै रगत बग्ने र आमाको मृत्यु समेत हुने सापकोटा बताउनुहुन्छ । यस्ता महिलाको बृद्ध अवस्थामा आङ खस्ने समस्या बढी हुने गर्दछ । भरतपुर अस्पतालमा चेपाङ किशोरीहरु कम उमेरमा बच्चा जन्माएपछि विभिन्न समस्या लिएर आउने गरेको उहाँको भनाई छ । वि. सं. २०७५ साल भदौ १ देखि लागू भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ ।
बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । यदि २० वर्षअघि विवाह गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुने उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09