२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

चितवनमा थप ५० जनामा कोरोना संक्रमण, ओरालो लाग्दै संक्रमित दर

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते

चितवन / चितवनमा थप ५० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय चितवनबाट आज सार्वजनिक गरेको तथ्यांकबाट २४ घण्टामा ५० जना कोरोना संक्रमित भेटिएको जनाएको छ । केही दिन अघिको तुलनामा कोरोना संक्रमण दर ओरालो लागेको पुष्टि भएको छ ।
अहिले चितवनका विभिन्न अस्पतालहरुमा ३२७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १४६ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १३५ जना रहेका छन् ।
यस्तै विभिन्न अस्पतालहरुबाट २१ जना बिरामी डिस्चार्ज भएका छन् । केही दिनअघिसम्म चितवन मेडिकल कलेजको आईसीयूमा मात्र १५० बढी कोरोना संक्रमित बिरामी रहेका थिए ।
त्यस्तै ६ जना कोरोना संक्रमितको निधन भएको छ । जसमा १ जना चितवनका छन् भने ५ जना चितवन बाहिरका छन् ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ३७ जना, खैरहनीमा १ जना, माडीमा १ जना, रत्ननगरमा ३ जना, राप्तीमा ३ जना, कालिकामा २ जना र इच्छाकामनामा ३ जना कोरोना संक्रमित भएका छन् । शनिबार सार्वजनिक तथ्यांकमा पनि ६३ जनालाई संक्रमण देखिएको थियो भने गत शुक्रबार यो संख्या १३८ जना रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36