February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप ५० जनामा कोरोना संक्रमण, ओरालो लाग्दै संक्रमित दर

June 6, 2021

चितवन / चितवनमा थप ५० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय चितवनबाट आज सार्वजनिक गरेको तथ्यांकबाट २४ घण्टामा ५० जना कोरोना संक्रमित भेटिएको जनाएको छ । केही दिन अघिको तुलनामा कोरोना संक्रमण दर ओरालो लागेको पुष्टि भएको छ ।
अहिले चितवनका विभिन्न अस्पतालहरुमा ३२७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १४६ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ४७ जना र जेनरल बेडमा १३५ जना रहेका छन् ।
यस्तै विभिन्न अस्पतालहरुबाट २१ जना बिरामी डिस्चार्ज भएका छन् । केही दिनअघिसम्म चितवन मेडिकल कलेजको आईसीयूमा मात्र १५० बढी कोरोना संक्रमित बिरामी रहेका थिए ।
त्यस्तै ६ जना कोरोना संक्रमितको निधन भएको छ । जसमा १ जना चितवनका छन् भने ५ जना चितवन बाहिरका छन् ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ३७ जना, खैरहनीमा १ जना, माडीमा १ जना, रत्ननगरमा ३ जना, राप्तीमा ३ जना, कालिकामा २ जना र इच्छाकामनामा ३ जना कोरोना संक्रमित भएका छन् । शनिबार सार्वजनिक तथ्यांकमा पनि ६३ जनालाई संक्रमण देखिएको थियो भने गत शुक्रबार यो संख्या १३८ जना रहेको थियो ।

- ADVERTISEMENT -