काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो पार्टीले आदिवासी जनजातिहरुको पहिचानको मुद्दा नछोडेको स्पष्ट पारेका छन् । माओवादी केन्द्र निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको भर्च्युअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
बैठकमा सहभागी मोर्चाका नेताहरुले नेकपा एमाले र माओवादी केन्द्र एकता हुँदा जातिय मोर्चा र पहिचानको मुद्दा नै छोडेको होकि भन्ने प्रश्नमा प्रचण्डले पार्टी एकता गर्दा जातिय मोर्चा र पहिचान नछोडेको समेत प्रष्ट पारे ।
पहिलो संविधान सभामा पहिचानको आधारमा १४ वटा प्रदेशको समेत प्रस्ताव गरेको स्मरण गराउँदै संविधान निर्माण गर्दा संभव भएसम्म स्थापित गर्न खोजिएको बताए । ‘हामीले संविधान निर्माण गर्ने बेला हामी जुन अवस्थामा थियौं, सबै प्राप्त गर्ने सम्भव थिएन ।’ उनले भने, ‘त्यसैले संभव भएसम्मको कुरालाई संविधानमा लेख्ने र बाँकी नोट अफ डिसेन्ट लेखेर अगाडि बढ्ने भनेर अघि बढ्यौं । त्यागेका होइनौं ।’
कतिपय अवस्थामा राजनीतिक शक्ति सन्तुलनका कारण मुद्दा उठाउन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले नेतृत्वले मुद्दाहरु उठाएन भने जातिय मोर्चाहरुले उठाउन निर्देशन समेत दिए । पहिचानको मुद्दालाई छोडेको छैन भन्ने कुरा आम जनतामा भन्न पनि प्रचण्डले निर्देशन दिए ।
त्यसैगरी पार्टी एकता हुँदा जातिय मार्चा पनि नछोडेको र माओवाद पनि नछोडेको बताए । ‘पार्टी एकता हुँदा हामीले जातिय मोर्चा छोडेको होइन, माओवाद पनि छोडेका हौइनौं ।’ उनले भने, ‘महाधिवेशनमा महान बहस गरेर टुंग्याउने भनेको हो ।’ यो बीचमा केपी ओलीको पहिचान विरोधि चरित्रका विरुद्ध आफूले पार्टी संगठनात्मक संरचनामा जनजाति खोइ ?
पार्टीको संगठानीक संरचनामा आदिवासी जनजातिकोबारेमा केही नबोलेको कुरालाई बैठकमा सहभागीहरुले अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले दलित र महिलालाई विशेष अधिकार दिनुपर्छ र आदिवासी जनजातिलाई पहिचान, समानुपातिक र समोवेशीको अधिकार दिनुपर्छ भनेकोले कुरामा प्रष्ट हुन अनुरोध गरे । ‘दलित र महिलालाई हामीले विशेष अधिकारको रुपमा लिएका थियौं । आदिवासी जनजातिलाई पहिचान, समानुपातिक र समावेशी अधिकार प्राप्त हुनुपर्छ भनेका थियौं ।’ उनले भने, ‘त्यसैले यहीं मान्यतालाई अगाडि बढाएको हो ।’
मोर्चाका संयोजक सूर्यमान दोङ (लालध्वज)को अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टीका केन्द्रिय सदस्यद्वय हितबहादुर तामाङ र पर्शुराम तामाङको समेत सहभागी थियो ।
बैठकमा प्रदेश १ बाट बहादुर सिं तामाङ, वागमती प्रदेशबाट मिना तामाङ, गण्डकी प्रदेशबाट हरिजंग तामाङ, अन्तर्राष्ट्रिय विभागबाट टासी लामा, छलक घिसिङलगायतबाट रिपोर्टीङ राखिएको थियो ।
- ADVERTISEMENT -

प्रचण्डले भने, ‘पहिचानको मुद्दा हामीले छोडेका छैनौं’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36











