काठमाडौं / पछिल्लो २४ घण्टामा २७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १६८१ र एन्टिजेन विधिबाट १०६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १२ हजार २०२ र एन्टिजेनबाट २२ हजार ४०३ जना पुगेको छ ।
यस्तै, आज थप ४ हजार १८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४० हजार ४३९ पुगेको छ । निको हुनेको दर ८८.३ प्रतिशत छ ।
आज संक्रमणबाट थप ४१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ५०६ पुगेको छ ।
नेपालमा संक्रमित २७४५ थप, निको ४१८७ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
