February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाट गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

June 21, 2021

चितवन / तनहुँको देवघाट गाउँपालिकालाई रोटरी क्लब अफ नारायणगढले स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्लबका अध्यक्ष अनुकूल श्रेष्ठद्वारा माक्स, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापालाई हस्तान्तरण गरिएको हो ।
अध्यक्ष थापाले देवघाट गाउँपालिकाको विकासको निम्ति कुनै पनि कसर नराखी निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आगामी दिनहरूमा विभिन्न संघ–संस्थाहरुसँग समन्वय गर्ने बताए ।
कार्यक्रममा देवघाट गाउँपालिका प्रशासकीय अधिकृत नरहरि सापकोटा, रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान, सुसानलाल प्रधान, गुणश्वर महतो, गोविन्दप्रसाद पौडेल, प्रदीप बुढाथोकी, कृष्णराज पन्त, दुर्गा राना लगायतको उपस्थिति थियो ।

- ADVERTISEMENT -