February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

उपत्यकामा निषेधाज्ञा खुकुलो : बार अनुसार पसल र गाडी खुला

June 22, 2021

काठमाडौं / काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो भएको छ । आजदेखि केही खुकुलो व्यवस्थासहित एक हप्ताका लागि निषेधाज्ञा लागू भएको हो । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।
सोही अनुसार उपत्यकाका निजी सवारी साधान जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न पाइने भएको छ । यस्तै पसलहरु पनि बार अनुसार खोल्ने व्यवस्था खोलिने गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान, अटोमोबाइल र त्यसका पार्टपुर्जाका पसल खोल्न पाइने व्यवस्था गरिएको छ ।
यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पसल खोल्न पाइने निर्णय गरिएको छ । बार अनुसार खुल्ने पसल बिहान ११ देखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, फलफूल र तरकारी पसल भने यसअघि नै दैनिक बिहान ११ बजेसम्म खुलिरहेका छन् ।

- ADVERTISEMENT -