२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

हेटौँडा उपमहानगरपालिकाले ल्यायो २ अर्ब ६० करोडको बजेट

प्रकाशित मिति : २०७८ असार १० गते
- ADVERTISEMENT -

मकवानपुर / हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको छ ।
बिहिबार भएको उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मिना कुमारी लामाले आगामी आवको लागि रु २ अर्ब ६० करोड १५ लाख ५२ हजारको बजेट ल्याएको जानकारी गराएकी हुन् ।
बजेटमा पुर्वाधार विकासतर्फ रु १ अर्ब ३० करोड ४५ लाख ७६ हजार, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ७६ लाख १० हजार विनियोजन गरिएको जनाएको छ ।
यसैगरी, उपमहानगरपालिकाले संस्कृति प्रवर्द्धनतर्फ रु २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ रु ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ रु ३ करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।
यसका लागि आन्तरिक स्रोतबाट रु २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँडबाट रु ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट रु १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान रु १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान रु ९ करोड र गत बर्षको नगद मौज्दातबाट रु ५६ करोड रूपैंयाको व्यवस्थापन गरिने उपप्रमुख लामाले जानकारी दिइन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार असार १० गतेभित्रै बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही अनुसार हेटौँडा उपमहानगरपाकिाले पनि आवको लागि बजेट सार्वजनिक गरिएको उपप्रमुख लामाले बताइन् ।

- ADVERTISEMENT -