चितवन / श्रीमतीलाई आगो लगाएर ज्यान मार्ने उद्योग अभियोग लागेका फरार १ जना अभियुक्त पक्राउ परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वर्ष ३९ का रबि भन्ने तुल बहादुर बञ्जारे हुन् भने पक्राउ परेको स्थानमै रवि फर्निचर उद्योग सञ्चालन गर्दै आएको हो ।
अर्घाखाँची जिल्लामा आफनै श्रीमतीलाई ज्यान मार्ने उद्योग अभियोग लागेका उनको अर्घाखांँची जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
उनलाई शुक्रबार बेलुका ८ बजे भोजाडबाट पक्राउ गरी अर्घाखांँची प्रहरीलाई जिम्मा दिएर पठाइएको चितवन प्रहरीले जनाएको छ ।
त्यस्तै आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।
चितवनमा फरार अभियुक्त पक्राउ, भाइद्वारा दाइको हत्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
