२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

प्रहरीलाई घुस दिन खोजेको आरोपमा तीन जना पक्राउ

प्रकाशित मिति : २०७८ असार २९ गते
- ADVERTISEMENT -

काभ्रे / काभ्रेमा घूस दिन खोजेको आरोपमा ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको अरनिको र बीपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीलाई घूस दिन खोजेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा ३ घर भएका आईचर गाडी चालक बलबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भएका टिपर चालक केदार थापा र सोही टिपरका सहचालक भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ का सन्तोष श्रेष्ठ रहेका छन् ।
नियन्त्रणमा लिएका तीनै जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको प्रहरी कार्यालयले जनाएको छ ।
काभ्रे प्रहरीले राजमार्गमा आफुखुसी पे्रसर हर्न जडान गरी राजमार्गमा र शहरी, विद्यालय, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने, ओभरलोड बोक्ने तथा पानी चुहाउने सवारी साधनलाई पनि कारबाही गर्दै आएको छ ।

- ADVERTISEMENT -