January 14, 2025
- ADVERTISEMENT -

मकवानपुरमा आज २७ निको, थप १५ जनामा संक्रमण

July 18, 2021

मकवानपुर । मकवानपुरमा आज २७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका २७ जना कोरोनामुक्त भएका हुन् ।
संक्रमणमुक्त हुनेहरुमा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका ११/११ जना, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी र कैलाश गाउँपलिकाका १÷१ जना रहेका छन् ।
यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ३ सय ३ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा ४४ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -