चितवन / चितवनमा चालु आर्थिक वर्षको निषेधाज्ञाको समयमा ४५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएको वैशाख १६ देखि असार १८ गतेसम्म तीन महिनाको अवधिमा उक्त संख्यामा आत्महत्याको घटना भएको हो । तीमध्ये ३६ जनाको झुन्डिएर र नौजनाको विष सेवनबाट मृत्यु भएको जनाइएको छ ।
झुन्डिएर आत्महत्या गर्नेमा पुरुष बढी निषेधाज्ञाको समयमा झुन्डिएर आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ । झुन्डिएर २२ र विष सेवनबाट तीन पुरुषको मृत्यु भएको छ । यस्तै, झुन्डिएर १२ र विष सेवनबाट ६ जना महिलाको मृत्यु भएको छ । यो अवधिमा एकजना बालक र एकजना बालिकाले झुन्डिएर आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले पछिल्लो समय आत्महत्याका घटनामा परिवर्तन आएको बताए ।
“पहिले आत्महत्याको कारण गरिबी, मायाप्रेम, बिछोड हुन्थ्यो,” अधिकारीले भने, “अहिले मुख्य कारण सामाजिक सञ्जाल र दुर्व्यसनी भएको छ ।” उनका अनुसार पुरुषहरु महिलाको तुलनामा बढी जिम्मेवार र दबाबमा पर्ने र दुर्व्यसनी तथा गम्भीर प्रकृतिका रोगको सिकार हुँदा आत्महत्याको घटना निम्तिने गरेको पाइएको छ । “सामाजिक सञ्जालमा हत्या, आत्महत्या, बलात्कारका विषयवस्तु बढी आउँदा यसले सचेतनाभन्दा यस्ता घटना गर्न/गराउन अभ्यस्त हुन बल पुग्यो,” उनले भने ।
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका समाजशास्त्रका प्राध्यापक होमनाथ अधिकारी आत्महत्याको मुख्य कारण आर्थिक समस्या नै भएको बताउँछन् । “आत्महत्याको कारण उमेर समूहअनुसार फरक हुन्छ,” उनले भने, “अधिकांश आत्महत्या आर्थिक र पारिवारिक समस्याले हुने गर्छ ।” उनका अनुसार निषेधाज्ञाको समयमा आर्थिक समस्या बढ्नु, रोजगारी गुम्नु, विकल्प नपाउनु, ऋणको प्रेसर बढ्दै जानु, समाजमा कसैको सहयोग नपाउनुजस्ता कारणले पनि आत्महत्याको घटना बढेको छ ।
“युवाहरुमा आत्महत्या विशेषगरी बिछोड, कुलतबाट हुने गरेको छ,” उनले भने, “विवाहित पुरुषको हकमा परिवारमा बढी जिम्मेवारी र व्यवस्थापन गर्न नसक्दा आत्महत्या गर्छन् ।” फा्रन्सेली समाजशास्त्री इमाइल दुर्खिमको सिद्धान्तलाई व्याख्या गर्दै अधिकारीले भने, “विशेषगरी डिप्रेसन बढ्दै जाँदा एक्कासि मानिसले आत्महत्या गर्छ र आत्महत्यापछिको नतिजा उसले हेर्दैन पनि, मतलब गर्दैन पनि ।” भरतपुर अस्पतालका मानसिक रोग विभागका चिकित्सक डा. सुनील शाह सामाजिक र आर्थिक समस्या आत्महत्याका सहयोगी कारण भए पनि मुख्य कारण भने डिप्रेसन नै भएको बताउँछन् ।
“धनी मान्छेले आत्महत्या गर्दैन र गरिब मान्छेले आत्महत्या गर्छ भन्ने बिल्कुल गलत हो,” उनले भने, “मान्छे सुखीभन्दा पनि खुसी छ कि छैन भन्ने विषयले अर्थ राख्छ ।” आत्महत्या विशेषगरी योजनाबद्ध तथा झोकमा गरिने मानिसको व्यवहार र आचरणमा भरपर्ने उनले बताए । आत्महत्या बढ्नुको कारण विशेषगरी दुर्व्यसनी, सचेतनाको कमी, सहयोग पाउने स्थान कतै नपाउनु र कतिपय घटना वंशाणुगत गुणसँग पनि सम्बन्धित हुने गरेको शाहले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तीन महिनामा ४५ जनाद्वारा आत्महत्या

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.24
152.84

European Euro
1
175.62
176.32

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.37
188.11

Australian Dollar
1
107.55
107.97

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.58
22.67

Saudi Arabian Riyal
1
40.55
40.71

Qatari Riyal
1
41.76
41.92

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.45
41.62

Malaysian Ringgit
1
37.26
37.41

South Korean Won
100
10.75
10.80

Swedish Kroner
1
15.96
16.02

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.40
19.48

Kuwaity Dinar
1
495.49
497.45

Bahrain Dinar
1
403.79
405.38

Omani Rial
1
395.41
396.97













