२०८२ असार ३, मंगलवार
June 17, 2025
२०८२ असार ३, मंगलवार
June 17, 2025 Tuesday

११ देशका लागि गरेकाे राजदूत नियुक्ति खारेज गर्ने निर्णय

प्रकाशित मिति : २०७८ श्रावण ५ गते
File photo.
- ADVERTISEMENT -

काठमाडौँ / सरकारले विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उक्त निर्णयअनुसार रूस, अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिष्ट, ब्राजिल, डेनमार्क, म्यानमार, अरेबिया, बहराइन, अष्ट्रिया देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएको छ । ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

- ADVERTISEMENT -