चितवन / सुजिताको शव देवघाटधाममा अन्त्येष्टि गरिएको छ । मृत अवस्थामा फेला परेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको सोमबार अन्त्येष्टि गरिएको हो । सुजिताको शवलाई उनका बुबाले दागबत्ती दिएका हुन् ।
परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएको भए पनि चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले शव बुझेको हो ।
चितवन प्रहरीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन पत्ता लाग्ने छ । पोस्टमार्टम रिपोर्टमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ ।
असार ११ गतेदेखि बेपत्ता भएकी सुजिताको शव असार २० गते ब्रह्मास्थानी सामुदायिक वनमा फेला पेरेको हो । स्थानीय एक युवतीले सुजिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउन खोज्दा स्थानीयले सुजिताको न्याय माग्दै सडकमा अवरोध गर्दै नाराबाजी गरेका थिए । राजमार्गमा सुजिताको न्याय माग्दै आन्दोलन चर्किएपछि चितवन प्रशासनले कफ्र्यु समेत लगाएको थियो ।
दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
न्याय पाउने आश्वासनपछि परिवारले बुझे सुजिताको शव, देवघाटधाममा अन्त्येष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
