२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

न्याय पाउने आश्वासनपछि परिवारले बुझे सुजिताको शव, देवघाटधाममा अन्त्येष्टि

प्रकाशित मिति : २०७८ श्रावण ५ गते

चितवन / सुजिताको शव देवघाटधाममा अन्त्येष्टि गरिएको छ । मृत अवस्थामा फेला परेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको सोमबार अन्त्येष्टि गरिएको हो । सुजिताको शवलाई उनका बुबाले दागबत्ती दिएका हुन् ।
परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएको भए पनि चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले शव बुझेको हो ।
चितवन प्रहरीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन पत्ता लाग्ने छ । पोस्टमार्टम रिपोर्टमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ ।
असार ११ गतेदेखि बेपत्ता भएकी सुजिताको शव असार २० गते ब्रह्मास्थानी सामुदायिक वनमा फेला पेरेको हो । स्थानीय एक युवतीले सुजिताको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउन खोज्दा स्थानीयले सुजिताको न्याय माग्दै सडकमा अवरोध गर्दै नाराबाजी गरेका थिए । राजमार्गमा सुजिताको न्याय माग्दै आन्दोलन चर्किएपछि चितवन प्रशासनले कफ्र्यु समेत लगाएको थियो ।
दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36