January 15, 2025
- ADVERTISEMENT -

एकाबिहानै ८१ किलो बढी गाँजासहित एक जना पक्राउ

July 21, 2021
Photo : Tukhabar

मकवानपुर / मकवानपुरको मनहरीबाट आज बिहानै प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा–नारायणगढ सडकखण्ड अन्तरगत पर्ने मनहरी गाउँपालिका वडा नम्वर ८ सिमपानीबाट ८१ किलो ३५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ४ बस्ने ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक रिमालका अनुसार, इलाका प्रही कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले आज बिहान २ बजेर ४५ मिनेटको समयमा मनहरी–८ सिमपानीमा रोकी राखेको ना ८ ख ८२८४ नम्वरको ट्रकभित्र उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
प्रहरीले उक्त परिणामको गाँजा र ट्रक चालक नेगीलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -