January 21, 2025
- ADVERTISEMENT -

नेपालमा थप २,९७७ जनामा कोरोना संक्रमण

July 23, 2021

काठमाडौँ / पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६९८ पीसीआर परीक्षणमा १ हजार ९८२ र ३ हजार ६१० एन्टिजेन परीक्षणमा ९९५ जना गरी २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ६७८ रहेको छ ।
मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुननेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -