January 13, 2025
- ADVERTISEMENT -

चितवनमा थप १९५ संक्रमित, संक्रमणमुक्त १४२ जना

July 27, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट १५८ तथा एन्टिजेनबाट ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमितमध्ये भरतपुरका मात्रै १३८ जना छन् । यस्तै खैरहनीका ३, माडीका १९, रत्ननगरका १०, राप्तीका २ र कालिकाका २३ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १९ हजार ७२४ पुगेको छ ।
कुल संक्रमितमध्ये १ हजार ९५६ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ८३८ जना होम आइसोलेसनमा छन् भने ११० जना अस्पताल तथा ८ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या १७ हजार ४४७ पुगेको छ ।
कोरोनाबाट अहिलेसम्म ३२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुने संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -