२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

सामाजिक सुरक्षा भत्ता नपाउँँदा तीन हजार जना मर्कामा

प्रकाशित मिति : २०७८ श्रावण १३ गते

म्याग्दी / म्याग्दीको धवलागरी गाउँपालिकाका लक्षित समुदायले गत आर्थिक वर्ष २०७७र७८ को सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। बैंकको कमजोरीले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले गत आर्थिक वर्षको आठ महिनाको सामाजिक सुरक्षा भत्ता नपाएका हुन्। बैंकको शाखाले तोकिएको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा करिब तीन हजार जना लक्षित समुदाय मर्कामा परेका छन्।
गाउँपालिकाले २०७८ असार मसान्त अघिनै सामाजिक सुरक्षा भत्ता वितरणका लागि बजेट पठाएपनि ताकमस्थित प्रभु बैंक लिमिटेडको शाखाले आर्थिक वर्ष सकिएको १० दिनसम्म पनि बाड्न सकेको छैन्। आर्थिक वर्ष २०७७र७८ देखि धवलागिरीका सबै वडाका लक्षित व्यक्तिहरुलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न खाता खोलिएको थियो।
यसअघि वडाका जनप्रतिनीधि र सचिवले वितरण गर्दै आएका थिए। पारदर्शी बनाउन र दुरुपयोग रोक्न बैंकमार्फत बितरण गर्ने नीति लिएको हो। बैंकले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता गरेको थियो।
दुई तीन पटक सम्म बैंकमा पुगेपनि भत्ता नपाएको भन्दै ताकम र धारापानीका लक्षित समुदायका व्यक्तिहरुले वडा अध्यक्ष कलानिधी सुवेदीको ध्यानाकर्षण गराएका थिए। समयमै सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लक्षित समुदायको जिविकोपार्जनमा समस्या भएको गुनासो गरेका छन्।
एक जना लक्षित समुदायले आठ महिनाको रु। २४ हजारका दरले भत्ता बुझ्न बाँकी छ। कतिपय जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक र एकल महिलाले सामाजिक सुरक्षा भत्ताको रकमले घरखर्च चलाउँछन्। चाडपर्वमा दान दक्षिणा दिन सामाजिक सुरक्षा भत्तामै निर्भर छन्।
गाउँपालिकाको पञ्जिकरण शाखाकी कर्मचारी यामकुमारी पुनका अनुसार दुई हजार ९२६ जना लाभग्राहीमध्ये दुई हजार ६२५ जनाले बैंकमा खाता खोलेका छन्। उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न एक चौमासिकमा दुई करोड २९ लाख ६६ हजार ८०१ रुपैयाँका दरले बजेट पठाइएको थियो।
दुई चौमासिकको चार करोड ५० लाख भन्दा बढी बैंकले पालिकाबाट भुक्तानी लगिसकेको छ। प्रभु बैंक लिमिटेडको धवलागिरी शाखाका प्रबन्धक जितेन्द्र शेरचनले कर्मचारीलाई कोरोना संक्रमण भएको, आर्थिक मसान्तको अन्तिममा नियमित काममा व्यक्त हुनुपरेको र ताकमका केही लक्षित समुदायको बैंक खाताको विवरण नमिलेकाले भत्ता वितरण गर्न ढिलाई भएको बताए।
‘हकदार, नागरिकता र परिचयपत्रको बिबरण फरक देखिएका केही लक्षित व्यक्तिहरुको समस्याले वडा नम्बर ७ को खातामा भत्ता पठाउन पाएका छैनौ। रुजु गरेर एक–दुई दिनमा पोष्टिङ गर्न लागेका छौ,’ उनले भने ‘अन्य ६ वटा वडाको खातामा पैसा पठाइसकेका छौ। यसै हप्ताभित्र वडामै पुगेर बितरण गर्न तयारीमा छौ। बैंकको जुनसुकै शाखाबाट भुक्तानी लिन सक्नुहुन्छ।’
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले व्यापक जनगुनासो आएकाले सुरक्षाकर्मी, जनप्रतिनिधी र कर्मचारीहरुसँग समन्वय गरेर जति सक्दो छिटो वडा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकलाई ताकेता गरेको बताए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11