२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवन अदालतमा गत आवमा २४३४ मुद्दा फछ्योट

प्रकाशित मिति : २०७८ श्रावण १४ गते

चितवन / जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलब ५५ प्रतिशत मुद्दा फछ्योट गरेको छ । ३ हजार ८ सय ३० मुद्दा मध्ये २ हजार ४ सय ३४ मुद्दा फछ्योट भएका हुन् । अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका गरी ३ हजार ८ सय ३० मुद्दा रहेका थिए । ती मध्ये गत आर्थिक वर्षमा परेका २ हजार ४ सय ५९ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका १ हजार ३ सय ७१ मुद्दा हुन् ।
पौडेलका अनुसार ती मुद्दा मध्ये २ हजार ४ सय ३४ फछ्योट भएका छन् । १ हजार ३ सय ९६ वटा मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उहाँले जानकारी दिनुभयो । यस्तै ७ सय ६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराईएको छ । जिम्मेवारी सरी आएका ५ हजार ३ सय २१ जना र गत वर्षका ७ सय ६९ जना मध्ये सो संख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराईएको हो । पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि ५ हजार ३ सय २१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ ।
पक्राउ परेकाबाट १ हजार ६१ बर्ष ६ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने रु ९ करोड ३४ लाख ४४ हजार ३ सय १० जरिवाना असुल गरिएको छ । फैसला कार्यान्वयनका लागि बाँकी रहेका व्यक्तिहरुबाट २ हजार ६६८ वर्ष ६ महिना २० दिन कैद र रु १५ करोड ९८ लाख ५ हजार ६ सय ८९ जरिवाना उठान बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अदालतमा पनि काम नहुँदा फैसला कार्यान्वयन र अदालती कामहरु पनि बन्द हँुदा फछ्योट कम भएको देखिएको उहाँको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22