मकवानपुर / मकवानपुरमा बिहिबार एकैदिन ९९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।
आज १ सय ७५ जनाको पीसीआर परीक्षण गर्दा ९१ जनामा र ५१ जनाको एन्टीजन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमणपुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी संक्रमण पुष्टि हुनेमा थाहा नगरपालिकाका १० जना, मनहरी गाउँपालिकाका ८ जना, बकैया गाउँपालिकाका ३ जना, भीमफेदी गाउँपालिकाका २ जना, बागमती र मकवानपुरगढी गाउँपालिकाका १/१ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १२ हजार ८ सय २९ जना पुगेको छ । जिल्लामा यसअघि बुधबार ६७ जनामा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै जिल्लामा हालसम्म १२ हजार ३७ जना संक्रमणमुक्त भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । जिल्लामा हालसम्म कोरोनाका कारण १ सय ४१ जनाको निधन भएको छ ।
जिल्लामा हाल ६ सय ६ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५ सय ५४ जना होमआइसोलेशनमा र ५२ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

एकैदिन थपिए ९९ जना कोरोना संक्रमित
July 29, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
