काठमाडौं / लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी जसपाबाट सांसद बनेका ३ जना पदमुक्त भएका छन् । पदमुक्त भएका उनीहरु तीनै जना मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका मन्त्री रहेका छन् ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी गराएको छ ।
जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।
तर सर्वोच्च अदालतले ३ जेठमा आफ्ने पक्षमा आदेश दिएपछि उनीहरु फेरि प्रदेशसभामा फर्किए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागिन् । तीन जना महन्थ ठाकुर पक्षमा खुले ।
११ साउनमा यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्यो । पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।
त्यस्तै जसपाको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिता पाएसंगै महन्थ ठाकुर आयोगको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ ।
- ADVERTISEMENT -
लुम्बिनी प्रदेशका ३ मन्त्रीको गयो सांसद पद
July 30, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -