२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

बालमाविदमा पन्तको नेतृत्व, पदाधिकारीहरु पहिलो बैठकले निर्णय गर्ने

प्रकाशित मिति : २०७८ श्रावण १६ गते

चितवन / बालमाविद् एलम्नाइ एशोसियसनको ३१औं साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निवर्तमान अध्यक्ष पदेन सदस्यसहित सेवन पन्त अध्यक्ष रहने गरी दश जना सदस्य चयन गरेको छ ।
नव निर्वाचित अध्यक्ष सहित दश जना सदस्यको पहिलो बैठकले पदाधिकारीहरु चयन गरिने एशोसियसनका पूर्व अध्यक्ष आश्विन श्रेष्ठले जानकारी दिए । पूर्व अध्यक्ष श्रेष्ठले पहिलो बैठकले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको निर्णय गरिने बताए ।


अधिवेशनले अध्यक्षमा सेवन पन्त र सदस्यहरुमा राजकुमार श्रेष्ठ (राजन), मदन प्रधान, भरतकुमार आचार्य, रमेश श्रेष्ठ, भरतकुमार श्रेष्ठ, सनदकुमार पिया, अमृतकुमार श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र एश्वोर्ना श्रेष्ठ चयन गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि तथा भरतपुर महानगरपालिका वडा नं. २ वडा अध्यक्ष पूर्णकुमार श्रेष्ठले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका हुन् । प्रमुख अतिथि श्रेष्ठले एशोसियसनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पदमा रहे पनि नरहे पनि आफ्नो साथ र सहयोग सदैव रहने उनको भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement


कार्यक्रममा बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणबहादुर थापा, बालमाविद एलम्नाइ एशोसियसनका संस्थापक अध्यक्ष बद्रि अधिकारी, शिक्षकको नेतृत्व गर्दै बाबुहरि आचार्य, विद्यार्थीको तर्फबाट विशाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।


सो अवसरमा एशोसियसनद्वारा प्रमुख अतिथिलाई मायाको चिनो, विभिन्न ब्याजका पूर्व विद्यार्थीहरुलाई प्रशंसा पत्र, पूर्व अध्यक्षहरुलाई मायाको चिनो, कदरपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा महासचिव सेवन पन्तले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सनद पियाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । एशोसियसनका अध्यक्ष बद्रिलाल प्रधानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement


बालमाविद एलम्नाइ एशोसियसन वि.सं. २०४६ सालमा स्थापना भएको हो भने बालकुमारी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती एशोसियसनको पहलमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36