भरतपुर / मालाश्री मोटर्सको भरतपुरमा दोस्रो शोरुम शुभारम्भ गरिएको छ । नायिका तथा टिभिएस नेपालको ब्राण्ड एम्बेस्डर स्वस्तिमा खड्का र जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले शोरुमको उद्घाटन गरेका हुुन् ।
उद्घाटनमा एम्बेस्डर खड्काले दिप प्रज्वलन गरेका गरेका थिए । मालाश्री मोटर्सले शोरुमको उद्घाटनको अवसरमा मालाश्रीले टिभिएस एनटर्क १२५ बिएस६ (आरटीएफआई) सार्वजनिक गरेको हो ।
उक्त अवसरमा नायिका खण्ड्काले स्कुटर पनि सार्वजनिक गरेकी हुन् । ग्राहकबाट स्कुटी सजिलो र आधुनिक रहेको प्रतिक्रिया पाएको उनले भनिन् ।
मालाश्री मोटर्सका निर्देशक भिमसेन श्रेष्ठका अनुसार स्कुटर नेपालमै पहिलो ब्लुटुथ जडान गरिएको हो । मालाश्री मोटर्सले विगत ६ वर्षदेखि नारायणगढको लायन्सचोकमा पहिलो शोरुम सञ्चालन गर्दै आएको छ ।