चितवन / तनहुँको देवघाट वडा नं. ५, सेतीभतेरीको विभिन्न व्यक्तिगत तथा आसपासका करिब ५ सय वटा गाँजाका बोट नष्ट गरिएको छ । देवघाट ईलाका प्रहरी कार्यालयको आयोजनामा शनिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत उक्त गाँजाको बोट नष्ट गरिएको हो ।
देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेको नेतृत्वमा स्थानीय युवाहरुसहितको सहभागितामा सो गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ ।
कार्यालयका इन्चार्ज सुशील लामिछानेले लागुऔषध दुव्यर्सनी कुलतकै कारण समुदायहरुमा विभिन्न अपराधिक घटनाहरु घटेको बताए । पछिल्लो समय कुलतकै कारण धेरै युवाहरुको भविष्य अन्धकारतिर गइरहेको उनको भनाइ थियो ।
उनले युवाहरूलाई कुलतबाट जोगाउन प्रहरीले लागुऔषध दुव्यर्सनी सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु विभिन्न स्थानहरुमा गरिदै आएको बताए ।
- ADVERTISEMENT -
देवघाट सेतीभतेरिमा ५०० वटा गाँजाका बोट नष्ट
August 7, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -