January 15, 2025
- ADVERTISEMENT -

चितवनमा थपिए २६० संक्रमित, ६ जनाको मृत्यु

August 8, 2021

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आईसीयूमा ९६ जना, भेन्टिलेटरमा ३२ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा १११ जना रहेका छन् ।
त्यसैगरी कोरोना संक्रममणबाट चितवनका विभिन्न अस्पतालमा गरी एकैदिन ६ जनाको मृत्यु भएको छ । जसमध्ये भरतपुर अस्पतालमा तीन, चितवन मेडिकल कलेजमा २ र पुरानो मेडिकल कलेज १ जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख गरिएको छ ।
मृतकहरु मध्ये चितवनका तीन जना, धादिङको एक जना, तनहुँको एक जना र नवलपरासीको एक जना रहेका छन् ।
यस्तैगरी विगत २४ घण्टामा २४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -