काभ्रे / काभ्रेमा मिर्गौला तस्करमा संलग्न भएको आरोप लागेका ३ जना पक्राउ परेका छन् । मिर्गौला तस्कर आरोपमा ३ तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भुम्लु गाउँपालिका–८ का कुमार परियार, सोही ठाउँका शुरेस परियार तथा पाँचखाल–१० का कुमार परियार रहेका हुन् । नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्दै आएका तीनै जना नातेदार भएको बताइएको छ । कुमार र सुरेश दाजुभाइ र अर्का कुमार सुरेशको साढुभाइ भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइरालाले बताए ।
बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गौला तस्करहरुले बिक्री गरेको जानकारी गराएपछि प्रहरीले घटनामा संलग्नहरूको खोजी शुरु गरेको थियो ।
भारतको कोलकत्तास्थित मुकुन्दपुरमा रहेको एमआरआई अस्पतालमा ५ लाख रुपियाँमा आफ्नो मिर्गौला बिक्री गरी २०७७ चैत्रमा ती युवक घर फर्किएका थिए । उनलाई दीपक श्रेष्ठ नामको नागरिकता दिलाएर दिदीको नाता लगाएर कल्पना श्रेष्ठलाई मिर्गौला दिन लगाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
मिर्गौला तस्करी आरोपमा तीन जना पक्राउ
August 9, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -