२०८३ असार १८, बिहीबार
July 2, 2026
२०८३ असार १८, बिहीबार
July 2, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा ८५ जना थप संक्रमित, एक जनाको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण २५ गते

मकवानपुर / मकवानपुरमा सोमबार थप ८५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार २०५ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ ७१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यसैगरी संक्रमण पुष्टि हुनेमा थाहानगरपालिकाका ८ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिकाका २ जना रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा यससँगै कोरोना संक्रमितको कूल संख्या १४ हजार २३ जना पुगेको छ । तीमध्ये हालसम्म १२ हजार ७ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा हेटौँडाका ५७ जना, थाहानगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।
यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४९ जना पुगेको छ । जिल्लामा आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १४९ जना पुगेको हो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.10
152.70
European Euro
1
173.21
173.89
UK Pound Sterling
1
201.47
202.27
Swiss Franc
1
187.67
188.41
Australian Dollar
1
104.78
105.20
Canadian Dollar
1
106.93
107.35
Singapore Dollar
1
117.29
117.76
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.39
22.47
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.41
41.58
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
9.76
9.80
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.39
19.47
Kuwaity Dinar
1
493.99
495.94
Bahrain Dinar
1
403.45
405.05
Omani Rial
1
395.08
396.63