चितवन / चितवनको ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार दुर्घटनामा ग१६प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ का २६ वर्षीय सुशील पोख्रेलको मृत्यु भएको हो । पोख्रेलको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बा४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको कौवादुङमा गाउँपालिका ४ का २४ वर्षीय सन्दीप सन्दिप बस्नेत र सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय जय कार्की घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
एकआपसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते
August 10, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
