२०८२ असार २५, बुधबार
July 9, 2025
२०८२ असार २५, बुधबार
July 9, 2025 Wednesday

उपत्यकामा निषेधाज्ञा थप, राति ८ बजेपछि सवारीसाधन चलाउन निषेध

प्रकाशित मिति : २०७८ श्रावण २७ गते

काठमाडौं / उपत्यकामा आज बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि ८ भदौसम्म जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा थप गरेको हो ।
यस्तैगरी जारी सूचनामा उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो ।
यसअघि जारी गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -