काठमाडौं / नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । घिसिङले आज बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर पद बहाली गरेका हुन् ।
पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि धन्यवाद दिएका थिए ।
घिसिङले बुधबारै नियुक्तिपत्र बुझेका थिए । उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले चार वर्षका लागि नियुक्त गरेको थियो ।
यसअघि केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका हितेन्द्रदेव शाक्यलाई सरकारले उर्जा आयोगमा सरुवा गरेको छ ।
- ADVERTISEMENT -
कुलमान घिसिङद्वारा पदबहाली, कर्मचारीद्वारा भव्य स्वागत
August 11, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -