चितवन / भरतपुर महानगरपालिकाले पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर १०, प्रभात मावि भरतपुर २५, भिमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बुधबार बस हस्तान्तरण गरेको हो ।
महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागि परेको बताए । उनले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिका सधैँ तत्पर रहेको उनले भने ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उनको भनाइ थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबको रुपमा बिकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उनले बताए ।
कार्यक्रममा नारायणी नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सेवा सुविधा थप गरिए पछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो ।
महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरि खरिद गरेका हुन । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको बताए । महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले व्यहोर्नु पर्ने उनको भने ।
- ADVERTISEMENT -
महानगरद्वारा पाँच विद्यालयलाई बस हस्तान्तरण
August 11, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -