January 13, 2025
- ADVERTISEMENT -

नेपालमा ३,४८१ थप संक्रमित, ३० जनाको मृत्यु

August 11, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् ।
जसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना निको भएका छन् । योसँगै ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -