इटहरी / इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् ।
बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् ।
‘सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने,‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’
मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
इटहरीका मेयरले सेवाग्राहीलाई दुई घण्टा कार्यलयमै थुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
