काठमाडौं / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताएका छन् ।
श्रेष्ठले बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताउँदै असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताएका हुन् ।
उनले अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको जानकारी दिए ।
उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले १६ जिल्लामा ज्यादै संक्रमण बढेकोले सो क्षेत्रमा खोपको विशेष व्यवस्था गर्ने जानकारी दिए । उनले निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखी भन्दापनि सेवामुखी बनाउनेमा सरकार केन्द्रीत हुने दावी गरे ।
उनले एक साताको कोभिडको आँकडा हेर्दा बढ्दै गएको बताउँदै हाल ३८ हजार माथि सक्रिय संक्रमित रहेको जानकारी दिए ।
- ADVERTISEMENT -
१ करोड ८ लाख खोप नेपाल ल्याइने
August 12, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -