२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

पछिल्लो २४ घण्टामा ३,२६० थप, २२९४ जना निको

प्रकाशित मिति : २०७८ श्रावण २८ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।
यस्तैगरी २ हजार २९४ जना निको भएको मन्त्रालयले जनाएको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ३४ हजार ८३८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

- ADVERTISEMENT -