२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

नेपालमा संक्रमण दर सार्क मुलुकमध्येकै उच्च

प्रकाशित मिति : २०७८ श्रावण ३० गते

काठमाडौं / सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन ।
कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको थियो । तेस्रो लहरको सुरुवाती चरणमा भारतबाट त्यसरी आवतजावत भएको छैन । तर पनि नेपालमा भारत लगायत दक्षिण एसियाली मुलुकमध्येकै सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ ।
चार दिनअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सार्क स्तरीय कोभिड विवरणमा छिमेकी मुलुक भारतमा कोभिडको मृत्युदर १.३ प्रतिशत र सक्रिय सङ्क्रमणको दर १.३ प्रतिशत रहेको छ । सो अवधिमा नेपालको मृत्युदर १.४ र सङ्क्रमणको दर दोब्बरले बढेको अवस्थामा ४.९ प्रतिशत रहेको थियो ।
चार दिन अघि र पछिको विवरणअनुसार अन्य सार्क मुलुकहरूमध्ये अधिकांश मुलुकको सङ्क्रमण र मृत्युदर बढ्दो क्रमबाट घट्दो क्रममा गएको देखिन्छ । नेपालमा भने चार दिनपछि अर्थात् अगस्ट ११ देखि थप बढोत्तरीतर्फ उन्मुख रहेको छ । जसअनुसार सीमा जोडिएको भारतको मृत्युदर १.३ र सङ्क्रमणको दर घटेर १.२ पुगेको छ । नेपालमा भने मृत्युदर १.४ नै रहे पनि सङ्क्रमणको दर बढेर ५.२ प्रतिशत पुगिसकेको छ ।
अगस्त ७ मा अफगानिस्तानको मृत्युदर ४.६ र सक्रिय सङ्क्रमणको दर २७.४, बङ्गलदेशको मृत्युदर १.७ र सक्रिय सङ्क्रमण दर ११.१, भुटान मृत्युदर ०.१ र सक्रिय सङ्क्रमण दर ४.७, माल्दिभ्समा मृत्युदर शून्य र सक्रिय सङ्क्रमणको दर ९०.३, पाकिस्तानमा मृत्युदर २.२ र सक्रिय सङ्क्रमणको दर ७.५ तथा श्रीलङ्कामा मृत्युदर १.५ र सक्रिय सङ्क्रमणको दर ९.६ प्रतिशत रहेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22