२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

प्रशासनले अत्यावश्यक बाहेक सबै क्षेत्रमा कडाइ गर्ने तयारी

प्रकाशित मिति : २०७८ श्रावण ३० गते

चितवन / जिल्ला प्रशासन कार्यालय, चितवनले अब थप हुने निशेधाज्ञा कडा पार्ने जनाएको छ । प्रशासनले जारी गरेको लकडाउन केही कडाई गरेपनि कोरोना संक्रमण र मृत्युदरमा कमी नआएपछि कडा निशेधाज्ञा लागू गर्न लागेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले अब हुने निशेधाज्ञा कडा हुने बताएका छन् । उनका अनुसार विभिन्न क्षेत्रबाट सुझाव संकलन र संक्रमितको दर, मृत्युदरको बारे अध्ययन भइरहेको र सोही अनुसार मोडालीटीमा परिवर्तन गरिने छ ।
बढी भीडभाड हुने क्षेत्र र जोखिम स्थानको पहिचान गरेर कडाभन्दा कडा निशेधाज्ञा लागु गरिने प्रजिअ लामिछानेले बताए । सार्वजनिक यातायात, सरकारी कार्यालय, तरकारी बजार, वित्तिय संस्था लगायतका साना ठूला व्यवसाय बन्द गरिने बताइएको छ ।
मानिसहरु लापरवाही, वेवास्ता, हेल्चेक्र्याइँ गर्न थालेको र मान्छे सचेत पनि नभएकाले कडा गर्नुको विकल्प नरहेको उनको भनाइ छ । हाल भदौ महिनासम्म कडा निशेधाज्ञा गरेर संक्रमणदर कम भए दशैंतिहार जस्ता चार्डपर्वमा खुकुलो गर्न सकिने उनको भनाइ छ ।
सरकारी संयन्त्रको एकल प्रयासले मात्र कोरोना संक्रमण कम नभएको भन्दै नागरिक सचेत र होशियारी नअपनाएसम्म संक्रमण कम नहुने उनले बताए । जारी निशेधाज्ञा साउन ३२ गते सकिंँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73