चितवन / जिल्ला प्रशासन कार्यालय, चितवनले अब थप हुने निशेधाज्ञा कडा पार्ने जनाएको छ । प्रशासनले जारी गरेको लकडाउन केही कडाई गरेपनि कोरोना संक्रमण र मृत्युदरमा कमी नआएपछि कडा निशेधाज्ञा लागू गर्न लागेको जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले अब हुने निशेधाज्ञा कडा हुने बताएका छन् । उनका अनुसार विभिन्न क्षेत्रबाट सुझाव संकलन र संक्रमितको दर, मृत्युदरको बारे अध्ययन भइरहेको र सोही अनुसार मोडालीटीमा परिवर्तन गरिने छ ।
बढी भीडभाड हुने क्षेत्र र जोखिम स्थानको पहिचान गरेर कडाभन्दा कडा निशेधाज्ञा लागु गरिने प्रजिअ लामिछानेले बताए । सार्वजनिक यातायात, सरकारी कार्यालय, तरकारी बजार, वित्तिय संस्था लगायतका साना ठूला व्यवसाय बन्द गरिने बताइएको छ ।
मानिसहरु लापरवाही, वेवास्ता, हेल्चेक्र्याइँ गर्न थालेको र मान्छे सचेत पनि नभएकाले कडा गर्नुको विकल्प नरहेको उनको भनाइ छ । हाल भदौ महिनासम्म कडा निशेधाज्ञा गरेर संक्रमणदर कम भए दशैंतिहार जस्ता चार्डपर्वमा खुकुलो गर्न सकिने उनको भनाइ छ ।
सरकारी संयन्त्रको एकल प्रयासले मात्र कोरोना संक्रमण कम नभएको भन्दै नागरिक सचेत र होशियारी नअपनाएसम्म संक्रमण कम नहुने उनले बताए । जारी निशेधाज्ञा साउन ३२ गते सकिंँदैछ ।
- ADVERTISEMENT -
प्रशासनले अत्यावश्यक बाहेक सबै क्षेत्रमा कडाइ गर्ने तयारी
August 14, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -