January 15, 2025
- ADVERTISEMENT -

चितवनमा थप १६५ संक्रमित, संक्रमणबाट दुई जनाको मृत्यु

August 14, 2021

चितवन / पछिल्लो २४ घण्टामा चितवनमा १६५ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा १२४ जना, खैरहनीमा ६ जना, माडी नगरपालिकामा १३ जना, रत्ननगरमा ११ जना, राप्तीमा एक जना र कालिकामा तीन जना रहेका छन् ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ५३१ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार ३४९ जना, अस्पतालमा आइसोलेसनमा १७६ जना र सार्वजनिक आइसोलेसनमा ६ जना रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको कोरोना संक्रमणबाट निधन भएको हो । दुवै जना चितवन जिल्लाका हुन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट ४३ जना कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्केका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -