चितवन / चितवनमा जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म लम्ब्याइएको छ । आइतबार एक सूचना जारी गर्दै जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न थप कडाइ गर्दै लगिने जारी सूचनामा उल्लेख छ ।
प्रशासनले जारी निषेधाज्ञालाई थप कडा बनाउँदै जिल्लास्थित सरकारी कार्यालयहरु मध्ये बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । निर्णय साउन ३२ गते राति १२ बजेदेखि लागु हुने प्रशासनले जनाएको छ ।
यस्तै औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक पूर्णरुपमा सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
त्यस्तै अन्य पसल तथा होटलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने यसअघिको आदेशमा उल्लेख छ । यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।
निषेधाज्ञा थप कडा पार्दै प्रशासन, भीडभाड हुने सरकारी कार्यालय बन्द
August 15, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
