२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

एक करोड खोप असोजभित्र ल्याइने

प्रकाशित मिति : २०७८ श्रावण ३२ गते

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले आगामी असोजसम्म कम्तीमा एक करोड खोप ल्याउने बताएका छन् । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक करोड खोप मुलुकमा ल्याइने प्रतिबद्धता जनाए ।
कोभिड–१९ को महामारीले सिर्जना गरेको चुनौती र जिम्मेवारीबारे आइतबार आयोजित भर्चुअल समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप लगाउन उपयुक्त सबै जनतालाई खोप लगाउने प्रण सरकारले गरेको बताए । यो सप्ताहान्तसम्म पूर्ण मात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।
उनले सर्वप्रथम खोपको व्यवस्थापन, वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा यो सरकार पूर्ण विश्वास रहेकोे बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो समयदेखि यसका चौतर्फी असर भोग्दै आएको उल्लेख गरेका छन् ।
सरकारको कोभिडविरुद्धको रणनीति विज्ञानमा, स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाहमा बनाउनेसमेत प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिने जानकारी प्रधानमन्त्री देउवाले दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36