नवलपुर / सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिको लागि अहिले स्थानीय निकायहरु लागि परेको पाइएको छ । पछिल्लो समय निजी विद्यालयमा अभिभावक तथा विद्यार्थीहरुको आकर्षण बढ्दो देखिएपछि अहिले स्थानीय निकायले सामुदायिक विद्यालयहरुलाई चासोको रुपमा हेरेको पाइएको छ । सोही अनुसार सामुदायिक विद्यालयको स्तरोन्नतिको शिक्षाको गुणस्तरमा वृद्धि तथा यातायातको लागि बस लगायतमा ध्यान केन्द्रित गर्दै आएको छ ।
यसैबीच नवलपुरको मध्यविन्दु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयमा बस हस्तान्तरण गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउँदै शैक्षिक अवस्था सुधारकालागि बस हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले बताए ।
मध्यविन्दु नगरपालिकाले नगरपालिकाभित्र रहेका चार वटा विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको हो । जनता आदर्श माध्यामिक विद्यालय, नव जागरण नमुना माध्यामिक विद्यालय, जनता माध्यामिक विद्यालय र कुमारवर्ती माध्यमिक विद्यालयलाई अनुदानमा बस हस्तान्तरण गरिएको नगर प्रमुख रानाले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अहिले विद्यार्थीहरुको आकर्षण बढदै गएकाले विद्यालयको भौतिक व्यवस्थापन सहितका कार्यहरुमा सहयोग पुर्याउदै आएको नगर प्रमुख रानाको भनाइ छ । बस हस्तान्तरण गरिएका विद्यालयका आसपासका क्षेत्रबाट सहज रुपमा विद्यार्थी अध्यनका लागि आउन सकुन् भन्ने उद्येश्यले बस हस्तान्तरण गरिएको उनले बताए ।
सामुदायिक विद्यालयबाट पनि विभिन्न सुविधा सहित गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने बनाउन समेत आफुहरुले सहयोग गरेको नगरपालिका प्रमुख रानाको भनाइ छ । सामुदायिक विद्यालयप्रति क्रमशः विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएकाले उनीहरुको विश्वास कायम राख्दै शैक्षिक गुणस्तर प्रदान गर्न आवश्यक रहेको बताइएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका कार्यक्रम अनुसार विद्यालयलाई बस हस्तान्तरण गर्न रु. ६८ लाख बजेट विनियोजन गरेको थियो । सोही विनियोजित रकमबाट विद्यालयहरुलाई अनुदानमा बस हस्तान्तरण गरिएको हो ।
सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाबाट निरन्तर रुपमा बजेट विनीयोजन र त्यसको कार्यान्वयन गर्दै आएको नगरपालिका प्रमुख रानाले बताए । सामुदायिक विद्यालयलाई भौतिक अवस्था सुधारका लागि सहयोग मात्रै नभई शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुलाई क्षमता विकास गराउने खालका कार्यक्रम समेत गर्दै आएको र विभिन्न समयमा विद्यालयको अनुगमनलाई समेत जोड दिइएको नगरपालिका प्रमुख रानाले बताए ।
गैंडाकोटका चार वटा विद्यालयलाई बस हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
