नवलपुर / सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिको लागि अहिले स्थानीय निकायहरु लागि परेको पाइएको छ । पछिल्लो समय निजी विद्यालयमा अभिभावक तथा विद्यार्थीहरुको आकर्षण बढ्दो देखिएपछि अहिले स्थानीय निकायले सामुदायिक विद्यालयहरुलाई चासोको रुपमा हेरेको पाइएको छ । सोही अनुसार सामुदायिक विद्यालयको स्तरोन्नतिको शिक्षाको गुणस्तरमा वृद्धि तथा यातायातको लागि बस लगायतमा ध्यान केन्द्रित गर्दै आएको छ ।
यसैबीच नवलपुरको मध्यविन्दु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयमा बस हस्तान्तरण गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढाउँदै शैक्षिक अवस्था सुधारकालागि बस हस्तान्तरण गरेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले बताए ।
मध्यविन्दु नगरपालिकाले नगरपालिकाभित्र रहेका चार वटा विद्यालयलाई अनुदानमा बस उपलब्ध गराएको हो । जनता आदर्श माध्यामिक विद्यालय, नव जागरण नमुना माध्यामिक विद्यालय, जनता माध्यामिक विद्यालय र कुमारवर्ती माध्यमिक विद्यालयलाई अनुदानमा बस हस्तान्तरण गरिएको नगर प्रमुख रानाले जानकारी दिए ।
सामुदायिक विद्यालयमा अहिले विद्यार्थीहरुको आकर्षण बढदै गएकाले विद्यालयको भौतिक व्यवस्थापन सहितका कार्यहरुमा सहयोग पुर्याउदै आएको नगर प्रमुख रानाको भनाइ छ । बस हस्तान्तरण गरिएका विद्यालयका आसपासका क्षेत्रबाट सहज रुपमा विद्यार्थी अध्यनका लागि आउन सकुन् भन्ने उद्येश्यले बस हस्तान्तरण गरिएको उनले बताए ।
सामुदायिक विद्यालयबाट पनि विभिन्न सुविधा सहित गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने बनाउन समेत आफुहरुले सहयोग गरेको नगरपालिका प्रमुख रानाको भनाइ छ । सामुदायिक विद्यालयप्रति क्रमशः विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएकाले उनीहरुको विश्वास कायम राख्दै शैक्षिक गुणस्तर प्रदान गर्न आवश्यक रहेको बताइएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधारका कार्यक्रम अनुसार विद्यालयलाई बस हस्तान्तरण गर्न रु. ६८ लाख बजेट विनियोजन गरेको थियो । सोही विनियोजित रकमबाट विद्यालयहरुलाई अनुदानमा बस हस्तान्तरण गरिएको हो ।
सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धिको लागि नगरपालिकाबाट निरन्तर रुपमा बजेट विनीयोजन र त्यसको कार्यान्वयन गर्दै आएको नगरपालिका प्रमुख रानाले बताए । सामुदायिक विद्यालयलाई भौतिक अवस्था सुधारका लागि सहयोग मात्रै नभई शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकहरुलाई क्षमता विकास गराउने खालका कार्यक्रम समेत गर्दै आएको र विभिन्न समयमा विद्यालयको अनुगमनलाई समेत जोड दिइएको नगरपालिका प्रमुख रानाले बताए ।
- ADVERTISEMENT -

गैंडाकोटका चार वटा विद्यालयलाई बस हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














