January 21, 2025
- ADVERTISEMENT -

आदेश उल्लंघन गर्ने १९ व्यावसायीलाई कारबाही

August 19, 2021

चितवन / जिल्ला प्रशासन कार्यालय चितवनको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य थापाका अनुसार ८ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा केही समय राखिएको र सम्झाई बुझाई आदेशको पालना गर्ने शर्तमा छाडिएको हो ।
तोकिएको समयबाहेकका समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गरिने प्रवक्ता थापाले बताए । उनले प्रशासनको आदेश पालना गर्न सबैसँग आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -